अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

‘प्रधानमन्त्री प्रचण्डलाई पद जान्छ कि भन्ने डर छ’– महामन्त्री गगन थापा

बिआरटीनेपाल २०७९ चैत १० गते ७:११ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद जान्छ कि भन्ने डर रहेको टिप्पणी गर्नुभएको छ । मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उहाँले प्रधानमन्त्री प्रचण्डमा पनि पद जान्छ कि भन्ने डर रहेको बताउनुभएको हो ।आज काठमाण्डौमा आयोजितएक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै महामन्त्री थापाले बालबालिकाहरूलाई भने डर दिने गरी शैक्षिक वातावरण बनाउन नहुने बताउनुभयो ।

बालबालिकाहरूलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उहाँको भनाइ थियो । महामन्त्री थापाले सानासाना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हुने भएकाले उनीहरूलाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले बालबालिकाहरूलाई एकअर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरूलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू