अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्छ–गभर्नर अधिकारी

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:२३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताउनुुभएको छ । सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुुभएको हो । अधिकारीले विश्वका अन्य मुलुकहरूमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृत्ति रहेको बताउनुुभयो ।

गभर्नर। अधिकारीले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने दाबी गर्नुभयो । मानिसहरूसँग भएको रकम बचत नगरे पनि खर्च हुने भएको भन्दै बचत गर्न अनिवार्य रहेको उहाको भनाई छ । उहाँले राष्ट्रिय वचतको अनुपात आधारमा हेर्दा बचतको रेट कमजोर रहेको जानकारी दिनुुभयो ।

त्यस्तै गनर्भर अधिकारीले सेयरमा लगानी गर्नु पनि बचत भएको भन्दै सेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सक्ने बताउनुुभयो । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू