अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को तयारी पूरा

बिआरटीनेपाल २०७९ चैत १ गते ७:१७ मा प्रकाशित

चैत २ गतेदेखि ६ गतेसम्म छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ। काठमाडौंमा बुधवार पत्रकार सम्मेलन गरी निफले यसबारे जानकारी गराएको हो। निफले महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ। निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुुहुुनेछ भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ।

कार्यक्रममा निफ महोत्सवका निर्देशक यादव भट्टराईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनुुभयो । उहाँले महोत्सवको तयारीका लागि निफ टिम तीन महिनायता लागिपरेको जानकारी दिनुुभयो । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले निफले चलचित्रसँग प्रत्यक्ष सम्बधित कार्यक्रम गर्दै आएको र अपेक्षित रुपमा सफलता पाइरहेको बताउनुुभयो । उहाँले निफ असाध्यै महत्वपूर्ण कार्यक्रम रहेकाले सबै चलचित्रकर्मी सहभागी हुन र चलचित्र हेर्न दर्शक पनि उपस्थित हुनुपर्ने बताउनुुभयो । चलचित्रमा भएको क्षतिलाई प्रधानमन्त्री कार्यक्रममा सहभागी भएर वचनबद्धता गर्ने आशा राखेको शाहको भनाई छ ।

कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले यस पटकको महोत्सवमा ५० जनाभन्दा बढी फिल्म मेकर बाहिरी देशबाट आउने जानकारी दिनुुभयो । उहाँले निफलाई विश्वास गरेर विगतझैँ यस पटक पनि राम्रा फिल्म र फिल्म मेकरले मेलामा सहभागिता जनाउने वचनबद्धता दिएको बताउनुुभयो । ५५ देशबाट आएका ५ सय बढी चलचित्रमध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया