अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 13:47

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

बिआरटीनेपाल २०७९ फागुन १ गते ६:२४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुुभएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका विदेश सचिव क्वात्रा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न शीतल निवास जानुुभएको थियो ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त अवशरमा सचिव क्वात्राले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुको तर्फबाट शुभकामना सन्देश पनि सुनाउनुुभएको थियो । त्यसअघि विदेशसचिव क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भेट्नुुभएको थियो । सोमबार नै परराष्ट्र सचिवस्तरीय बैठकमा समेत उनी सहभागी थिए । नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याललगायतका अधिकारी बैठकमा सहभागी हुुनुुहुुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू