अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

पूर्वराजपरिवारका सदस्यहरुको उपस्थितिमा एमाले नेता प्रसाईंकोे ‘महाअभियान’ सुरु

बिआरटीनेपाल २०७९ फागुन १ गते ६:१६ मा प्रकाशित

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाद प्रसाईंले पूर्वराजपरिवारका सदस्यहरुको उपस्थितिमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ को शुभारम्भ गर्नुभएको छ ।सोमबार झापामा आयोजित एक समारोहका बीच प्रसाईंले अभियानको शुभारम्भ गर्नुभएको हो ।प्रसाईँले आफूले सुरु गरेको महाअभियान पार्टीभन्दा माथि देशको रक्षाका लागि भएको बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै प्रसाईँले देशको माटोलाई छातीमा राखेर अभियान सुरु गरिएको भन्दै यो कुनै पार्टी र व्यक्ति विरुद्धको महाअभियान नभएको स्पष्ट पार्नु भएको छ। अभियानका लागि भन्दै उहाँले प्रधानमन्त्री प्रचण्डसहित, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गर्नुुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू