अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

रेडियोको महत्व कहिल्यै कम हुदैन- अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०७९ फागुन १ गते ६:१५ मा प्रकाशित

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, रेडियोको महत्व झनै बढ्दै गएको बताउनुुभएको छ । सोमबार काठमाडौंमा विश्व रेडियो दिवसको सन्र्दभमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै उहाँले सञ्चार माध्यमका प्रकारहरु जति नै भएपनि रेडियोको उपयोगिता कहिले पनि नसकिने र यसको विकल्प समेत नआउने बताउनुुभयो ।

रेडियोको योगदान स्वर्णिम अक्षरले लेखिएको बताउँदै म न्त्री पौडेलले सरकारले रेडियोको विकासका लागि सक्दो भूमिका खेल्ने प्रतिवद्धता जनाउनुुभयो ।मन्त्री पौडेलले, सामुदायीक रेडियोहरुको नवीकरण, दर्ता र करका विषयमा रहेका समस्याहरुको समाधानका लागि छलफल गर्न सरकार तयार रहेको बताउनुुभयो ।

मन्त्री पौडेलले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आगामी दिनमा पनि पछि पार्ने नीति नलिने बताउनुुभयो । रेडियोको विषयमा देखिएको सबै समस्या छलफलबाट समाधान गर्न सकिने भन्दै उहाँले रेडियोलाई सशक्त ढंगले अघि बढाउन आग्रह गर्नुुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू