अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

सेना दिवसमा सहभागी हुन भारतीय सेनाध्यक्षलाई निमन्त्रणा

बिआरटीनेपाल २०७९ माघ २९ गते ६:४७ मा प्रकाशित

नेपाली सेनाको २६० औँ वार्षिकोत्सवमा सहभागी हुन भारतीय सेनाध्यक्षलाई निम्ता गरिएको छ । सेना स्थापनाको २६० औँ वर्षको अवसरमा फागुन ६ मा नेपाली सेनाले स्थापना दिवस मनाउँदै छ ।सैनिक दिवसको अवसरमा भारतीय सेनाध्यक्ष मनोज पाण्डे सहित १२ जनालाई निमन्त्रणा गरिएको नेपाली सेनाका प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुुभयो । सैनिक प्रवक्ताका अनुसार मानार्थ महारथीको पदवी पाएका भारतका ११ जना पूर्व सेना प्रमुखहरूलाई निम्ता पठाइएको छ । को–को आउने भन्नेबारे यकिन नभएको सहायक रथी भण्डारीले बताउनुुभयो ।

भारतीय पूर्व सेना प्रमुख र वर्तमान सेना प्रमुखको सम्मानमा जङ्गी अड्डाले ‘चिफ्स कन्क्लेभ’ कार्यक्रम राखेको छ । आर्मी डेको अवसरमा फागुन ६ मा सैनिक मञ्चमा भव्य समारोह आयोजना गरिँदै छ । नेपाल र भारतका सैनिकले एक अर्कालाई मानार्थ महारथीको पदवी दिने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू