अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

रास्वपाले चितवन २ मा रवि लामिछानेलाई नै उम्मेद्वार बनाउने

बिआरटीनेपाल २०७९ माघ २९ गते ६:४४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा सो पार्टीका सभापति रवि लामिछानेलाई उमेदवार बनाउने तयारी गरेको छ ।यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले छिटो निर्वाचनको मिति घोषणा गर्न माग गर्नुुभएको थियो ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले दिएको जानकारीअनुसार उपनिर्वाचनमा पनि लामिछाने नै उमेदवार बन्नुुहुुने छ । यसअघि भएको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाटै उमेदवार बन्नुुभएको थियो । उहाँले अमेरिकाको नागरिकता लिएको समयमा नेपालको नागरिकता त्याग नगरेको र पछि सोही आधारमा चुनाव लडेको भन्दै सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा पनि लामिछाने नै उमेदवार बन्ने बोहोराको प्रतिक्रिया छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू