अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

दक्षिण कोरियाको १७ सदस्यीय उच्च टोली नेपालमा

बिआरटीनेपाल २०७९ माघ २९ गते ६:४२ मा प्रकाशित

दक्षिण कोरियाका राष्ट्रपति युन सक यलका राजनीतिक सल्लाहाकार जाङ सङ मिन नेतृत्वको १७ सदस्यीय टोली नेपाल आइपुगेको छ। कोरियन एयरलाइन्सको ६९५ नम्बरको उडानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। भ्रमण टोलीको नेतृत्व गर्ने जाङ दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा वरिष्ठ सचिव हुन्। उनी कोरियाली राष्ट्रपति युनको विश्वास पात्रका रुपमा काम गर्दै आएका छन्। जाङ विदेश मामिलाको नीति बनाउन कोरियाली राष्ट्रपतिलाई सहयोग गर्दै आएका छन्।

भ्रमण टोलीमा कोइकाका अधिकारीहरू, श्रम मन्त्रालयका अधिकारी, वल्ड एक्पो २०३०का वरिष्ठ अधिकारी, सामसुङ इलेक्ट्रोनिक्सका अधिकारीसहितको १७ जनाको टोली छ। टोली आइतबार साँझ साढे पाँच बजे काठमाडौं आइपुगेको हो। कोरियाली प्रतिनिधि मण्डलको टोलीले सोमबार नेपालमा उच्चस्तरीय भेटवार्ता गर्नेछ।

प्रधानमन्त्री पुष्पमकल दाहाल‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला पौड्याल, उद्योगमन्त्री दामोदर भण्डारीलगायतसँग भेट कोरियन टोलीले भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जाङ नेतृत्वको टोली मंगलबार बंगलादेश प्रस्थान गर्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू