अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

सामुदायिक विद्यालयमा निर्वाचन विशेष जागरण अभियान सञ्चालन गर्न राष्ट्रपति भण्डारीको आग्रह

बिआरटीनेपाल २०७९ माघ २९ गते ६:३९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले मतदाता शिक्षालाई प्रभावकारी बनाउन देशभरका सबै सामुदायिक विद्यालयलाई लक्षित गरी विशेष जागरण अभियान संचाललन गर्न आग्रह गर्नुुभएको छ । निर्वाचन आयोगको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक प्रतिवेदन बुझ्दै आइतबार राष्ट्रपति भण्डारीले निर्वाचनमा सबै मतदाताले निर्वाधरुपमा मतदान गर्न पाउने व्यवस्थाको सुनिश्चितता गर्न आग्रह गर्नुुभयो ।

’राष्ट्रपति भण्डारीले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य निरन्तररुपमा संचालन हुनुपर्नेमा जोड दिँदै सबै मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूलाई पायक पर्ने स्थानबाट मतदान गर्न पाउने व्यवस्था गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले मतदान स्थलको सुरक्षा र सबै मतदाताले आफ्नो मताधिकार निर्वाधरूपमा प्रयोग गर्न सक्ने स्थितिको सिर्जना गर्न तथा निर्वाचनको समयपूर्व मतदाता शिक्षालाई घर परिवारस्तरसम्म पु¥याउन देशभरका सबै माध्यमिक विद्यालयलाई लक्षित गरी निर्वाचनसम्बन्धी विशेष जागरण अभियान सञ्चालन गर्न ध्यान दिन आग्रह गर्नुभयो,’ आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेपछि विज्ञप्तिमार्फत भनेको छ ।

राष्ट्रपति भण्डारीले आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएको भन्दै समयमै निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवादसमेत प्रकट गर्नुुभएको छ । आयोगले संविधानको धारा २९४ बमोजिम वि.सं. २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको विवरण समेटिएको सोह्रौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

प्रतिवेदन पेस गर्दै आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको संचालन, व्यवस्थापन, रेखदेख, नियन्त्रण र निर्देशनका क्रममा आयोगले संविधान र कानुनको अधिनमा रही कार्य सम्पादन गरेको र प्राप्त सुझावका आधारमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको बताउनुुभयो । आयोगले एक वर्षको अविधमा १४१ पटक आयोगको बैठक बसी कुल ६२४ वटा निर्णयहरू गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू