अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउन छलफल भइरहेको छः राजेन्द्र लिङ्देन

बिआरटीनेपाल २०७९ माघ २९ गते ६:२८ मा प्रकाशित

रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउन सत्ता गठबन्धनमा छलफल भएको छ। आइतबार बिहान बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे छलफल भएको हो। रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइराखेको संयन्त्र बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुुभयो ।

उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्नेतर्फ संकेत गर्दै उहाँले त्यसका बारेमा केही प्राविधिक समस्या रहेकोले आवश्यक छलफल भइराखेको बताउनुुभयो । बालुवाटारमा भएको संयन्त्र बैठकमा रास्वपा सभापति लामिछाने पनि सहभागी हुुनुुहुुन्थयो । रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्दै आफ्ना मन्त्रीहरूलाई सरकारबाट भने फिर्ता बोलाएको थियो। रास्वपाबाट प्रतिनिधि सभामा १९ जना सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू