अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

भ्रष्टाचार अभियोगमा युरोपेली संसद् सदस्य पक्राउ

बिआरटीनेपाल २०७९ माघ २८ गते ६:५३ मा प्रकाशित

भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् । भ्रष्टारको अभियोग लागेका बेल्जियमाका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो ।बेल्जियमका सङ्घीय अभियोजनकहरूले आज लिज शहरमा सांसद मार्क ताराबेलामा छापा मारेको थियो । उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले सफाइ दिने मौका पाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

भ्रष्टाचारको आशङ्का बेज्यिमका अधिकारीहरूले तीन जनालाई हिरासतमा लिइसकेका छन् । सोह्र लाख अमेरिकी डलर नगद भ्रष्टाचार गरेको अभियोगमा उनीहरूसहित संसद्का सहयोगीलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो । हिरासतमा लिइएकामध्ये एक जना अभियुक्तका प्रेमी हुन् भने अर्का पूर्व सांसद हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू