अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

रफाह अस्पताल थप ३ दिनमात्र चल्न सक्ने डब्ल्यूएचओ प्रमुखको चेतावनी

बिआरटीनेपाल २०८१ वैशाख २७ गते ६:५८ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले इन्धनको घट्दो आपूर्तिका कारण प्यालेस्टिनी शहरको रफाह अस्पताल थप तीन दिनमात्र चल्न सक्ने चेतावनी दिनुभएको छ ।सामाजिक सञ्जाल एक्स (ट्विटर) मा एक भिडियो राख्दै उहाँले बुधवार रफाह क्रसिङ हुँदै गाजामा आइपुग्ने अपेक्षा गरेको इन्धन इजरायलले आउन नदिएको बताउनुभयो । अस्पतालमा इन्धन सकिएमा सयौँ बिरामीको ज्यान जान सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

अमेरिकासहित विश्वका धेरै देशको आग्रह बेवास्ता गर्दै इजरायलले अहिले रफाहमा भीषण हमला गरिरहेको छ । गएको सोमवार राति पूर्वी रफाहका एक लाख जना शरणार्थीलाई शहर छाड्न उर्दी जारी गरेको इजायलले अहिले रफाह ध्वस्त बनाइरहेको छ । गाजा ध्वस्त भएपछि झन्डै १५ लाख जना प्यालेस्टिनी रफाहमा रहेका छन् । रफाहमा आक्रमण गर्दा ठूलो मानवीय क्षति हुने भन्दै अमेरिकासहितका देशले इजरायललाई सचेत गराएका छन् । इजरायलले अटेरी गरेपछि अमेरिकाले इजरायललाई दिने बम र हतियारमा कटौती गरेको छ, केहीको आपूर्ति रोक्का गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू