अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

टर्की र सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या २४ हजार नजिक

बिआरटीनेपाल २०७९ माघ २८ गते ६:३५ मा प्रकाशित

टर्की र सिरियामा केन्द्रविन्दु भएर गत सोमबार गएको भूकम्पछिको उद्दार कार्य जारी रहँदा मृत्यु हुनेको संख्या करिब २४ हजार पुगेको छ । भूकम्पमा परेर टर्कीमा २० हजार भन्दा बढीको मृत्यु भएको छ भने सिरियामा ३ हजार ५ सय जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले बताएका हुन् । भूकम्पमा परेर मृत्यु हुनेको संख्या दैनिक बढिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने उद्दारकर्मीहरुले अनुमान गरेका छन् ।

७ दशमलव ९ म्याग्निच्यूडको भूकम्प र त्यसपछि निरन्तर आएका पराकम्पनका कारण ठूलो मानवीय र भौतिक क्षति भएको अधिकारीहरुले बताएका छन् । भूकम्प गएको लामो समय बितिसकेकाले भग्नावशेषमा पुरिएकाहरुको जीवितै उद्दार गर्ने सम्भावन कम हुँदै गएको उद्दारकर्मीहरुले बताएका छन् । ठूला–ठूला भवनहरु क्षतिग्रस्त भएकाले ति भग्नावशेष पन्छाउने क्रम पनि जारी रहेको छ ।

यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पीडितहरुको उद्दार तथा राहतका लागि अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्नुभएको छ । उहाँले संसारभरबाट पीडितको उद्दार तथा राहतका लागि सहायता आउने क्रम जारी रहेपनि पीडितसमक्ष पुग्न ढिलाई भएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । तर विपक्षी दलका नेताहरुले भने राष्ट्रपतिको आलोचना गरेका छन् ।

उनीहरुले महामारीको बेलामा सबैले प्रभावकारी काम गर्नुपर्ने बेलामा राष्ट्रपति एर्दोगानले नकारात्मक कुरा गर्दा पीडितलाई थप असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। टर्की र उत्तरपश्चिम सिरियामा २० वर्ष यताकै सबै भन्दा शक्तिशाली भूकम्पका कारण हजारौं भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू