अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

शेयर बजार सामान्य बढ्यो

बिआरटीनेपाल २०७९ माघ २२ गते ६:४२ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १ दशमलव ५४ अङ्कले बढेर २ हजार ९६ दशमलव शून्य ९ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स, बीमा र अन्य समूहको शेयरबाहेक बाँकी समूहको शेयर सामान्य उकालो लागेको छ । बजार समान्य बढेको दिन २ सय ५८ वटा कम्पनीका ५२ लाख ६ हजार कित्ता शेयर १ अर्ब ९३ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ६ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज आदर्श लघुवित्तको शेयर १० प्रतिशत तथा पोखरा फाइनान्सको शेयर साढे ८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू