अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८
| Colorodo: 04:53
म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।शनिबार राति भएको खेलमा रिडीङलाई ३–१ ले हराउँदै युनाईटेड पाँचौं चरणमा प्रवेश गरेको हो । खेलको ५४ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई दोब्बर अग्रता दिलाए ।
६६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडको अग्रता ३–० ले अघि बढाए । त्यसपछि ७२ औं मिनेटमा अमाडोउ सालिफले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड ३–१ ले विजयी भयो । खेलको ६५ औं मिनेटमा एन्डी कारोलले रातो कार्ड पाएपछि रिडीङ १० खेलाडीमा समेटिएको थियो ।