अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

उपप्रधानमन्त्री प्रोटोकलको रूपमा थपिएको हो, राज्यलाई भार छैन : गृहमन्त्री लामिछाने

बिआरटीनेपाल २०७९ माघ ७ गते ६:०८ मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री पदले राज्यको भार नथपिएको बताउनुभएको छ । उहाँले दलीय सहमतिअनुसार उपप्रधानमन्त्री थपिए पनि भार नथपिने स्पष्ट पार्नुभयो ।

लामिछानेले सुरक्षा कटौतिसमेत आफूले गरेको भन्दै उपप्रधानमन्त्री हटाउनपरे आफ्नो नाम पहिलो नम्बरमा काट्ने बताउनुभयो। सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘सुरुमा जसरी सत्ताको समीकरण बन्दैगर्दा दलहरू पनि थपिँदै गए। जसका कारण उपप्रधानमन्त्री थपिएका हुन्। सबै जनाको हटाउने भए पहिले मेरोबाट हटाइदिए पनि केहि फरक पर्दैन। यो एउटा अभ्यास हो। यसले एकदमै ठूलो भार पर्दैन’।

लामिछानेले उपप्रधानमन्त्री थपिएको र यसले राज्यलाई थप भार पार्ने भन्दा एउटा प्रोटोगलका रूपमा आएको स्पष्टीकरण दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री छन्। जसमा एमालेका विष्णु पौडेल, माओवादीका नारायणकाजी श्रेष्ठ, रास्वपाका लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू