अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट

बिआरटीनेपाल २०७९ पुष २८ गते ४:५९ मा प्रकाशित

अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट गराइएको छ । विष्फोटबाट कम्तिमा पाँच जनाको ज्यान गएको पुष्टि भएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् । तर, घटनामा २० जना भन्दा धेरै मारिएको र पाँच दर्जन घाइते भएको काबुलका प्रहरी अधिकारीहरुले बताएका छन् ।

अस्पतालहरुले राति अबेरसम्म घाइतेहरु ल्याउने क्रम जारी रहेको भन्दै हताहतीको संख्या यकित गर्न समय लाग्ने बताएका छन् ।आत्मघाती विष्फोट गराउन गएको ब्यक्ति मन्त्रालय भित्रै प्रवेश गर्न खोजेको र नपाएपछि मन्त्रालयको गेटमा विष्फोट गराएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

विष्फोट भएको समयमा मन्त्रालयभित्र चिनियाँ प्रतिनिधि मण्डल रहेको थियो र दुई पक्षीय वार्ताको तयारी भईरहेको थियो । अफगानिस्तानमा सक्रिय ईस्लामिक स्टेट खोरासानले विष्फोटको जिम्मा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू