अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

पाकिस्तान चरम आर्थिक संकटतर्फ धकेलिंदै

बिआरटीनेपाल २०७९ पुष २८ गते ४:५७ मा प्रकाशित

चरम आर्थिक संकटतर्फ धकेलिंदै गएको पाकिस्तानमा डलरको संकट यस्तो गरी चुलिएको छ कि आयात गरिएका हजारौं टन सामग्री बन्दरगाहमा थन्किएका छन् । आटा, घ्यु, चिनीलगायत सामग्रीको अभाव झेलिरहेको पाकिस्तानमा दालको समेत हाहाकार हुन थालेको छ । छ वटा कन्टेर दाल बन्दरगाहमा थन्किंदा दाल अभाव चर्किएको हो । बन्दरगाहमा अड्किएको दालको मूल्य डेढ अर्ब डलर रहेको जनाइएको छ ।

सिपिङ कम्पनीहरुले बन्दरगाहमा थन्किएको दालको ४ करोड ८० लाख डलर जरिवाना लगाएका छन् । कराँची खुद्रा ब्यापार संघले तत्काल दाल बन्दरगाहबाट छुटाउन नसक्ने हो भने नजिकिंदै गरेका रमजानमा दालको हाहाकार हुने चेतावनी दिइसकेको छ ।पाकिस्तानमा उपभोग्य सामग्रीको मूल्य पनि महँगिएको छ । एक किलो प्याज किन्न २ सय ४० रुपैयाँ तिर्नुपर्ने अवस्था छ । उर्जा खपत कम गर्नका लागि सपिङमल, बजार र सामाजिक उत्सवका कार्यक्रमहरु साँझ नपर्दै बन्द गर्न भनिएको छ ।

निरन्तर विदेशी मुद्राको सञ्चिति खुम्चिएर मुस्किलले एक महिनाको आयात धान्न सक्ने अवस्थामा पुगेको पाकिस्तानको नजर साउदी अरबतर्फ छ । यस्तै तत्कालका लागि गत वर्षायाममा बाढीबाट पुगेको क्षति बापत प्राप्त हुने नौ अर्ब डलरबाट पनि संकटको सामना गर्ने पाकिस्तानी अधिकारीहरुको योजना रहेको छ ।सरकारले विश्व बैंक, आइएमएफलगायत पश्चिमा दाताहरुसँग निरन्तर सम्पर्क गरे पनि उनीहरुले चासो दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू