अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

ब्राजिलमा पूर्वराष्ट्रपति बोल्सोनारोको समर्थनमा संलग्न १५ सय पक्राउ

बिआरटीनेपाल २०७९ पुष २६ गते ६:५१ मा प्रकाशित

ब्राजिलमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोको समर्थनमा दंगामा उत्रिएका प्रदर्शनकारी मध्ये १५ सय जना पक्राउ परेका छन् । राजधानी ब्रासिलियामा गत आइतबार प्रदर्शनमा उत्रिएका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरुले संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालत जस्ता संवेदनशील निकायमा प्रवेश गरेर तोड्फोड गरेका हुन् । पक्राउ परेकाहरुलाई कानून अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । यसैबीच राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कंग्रेस भवनमा छिरेर हुलदंगा गर्ने जो कोहीलाई कडा सजाय गर्ने बताउनु भएको छ ।

राष्ट्रपति लुलाले आक्रमणबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो । यसैबीच सर्वोच्च अदालतले राजधानी शहरका गभर्नर इवानेसिस रोचालाई ९० दिनका लागि निलम्बन गरेको छ । अदालतले दंगा नियन्त्रण गर्न आवश्यक कदम नचालेको आरोपमा गभर्नर रोचालाई निलम्बन गरेकाे हो ।

राष्ट्रपति सिल्भाले पदभार सम्हालेको एक हप्तापछि पहेलो रङको ब्रजिलियन फुटबल टिसर्ट लगाएका र राष्ट्रिय झण्डा बोकेका हजारौं प्रदर्शनकारीले प्रहरीको घेरा तोड्दै हुलदंगा मच्चाएका हुन् । पूर्वराष्ट्रपति बोल्सेनारोले गत अक्टोबरमा भएको राष्ट्रपतीय चुनावमा भएको आफ्नो पराजय अस्वीकार गर्दै आउनु भएको छ । राष्ट्रपति सिल्भाले पदभार ग्रहण गर्नुअघि उहाँ अमेरिकामा जानु भएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू