अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२० | Colorodo: 14:35

आँधीबाट प्रभावित क्यालिफोर्नियाको तटीय क्षेत्र खाली गराइँदै

बिआरटीनेपाल २०७९ पुष २६ गते ६:५० मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियाको तटीय क्षेत्र मोन्टेकिटो भारी वर्षा, हिमपात र तेज हावाका साथ आएको आँधीका कारण खाली गर्न लगाइएको छ । क्यालिफोर्नियामा हालै आएको आँधी बेहरीमा १२ जनाको मृत्यु भइसकेको छ । हजारौं घरहरु ध्वस्त हुनुका साथै सयौं सवारी साधनमा क्षति पुगेको छ । पार्किङमा राखिएका सवारीसाधनमा रुख र बिजुलीका पोल ढल्दा सयौं सवारीसाधन नष्ट भएका हुन् । आँधीबेहरीले हजारौं विस्थापित भएका छन् । हिमपात र तेज हावाले बिजुली आपूर्ति बन्द हुँदा लाखौं मानिस अध्यारोमा बस्न बाध्य छन् ।

मौसम विज्ञान विभागका वैज्ञानिकहरूले निरन्तर आँधी आउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत तुल्याएका छन् । राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले अर्को ठूलो आँधी आउन सक्ने चेतावनी समेत दिएको छ। आँधीका कारण क्यालिफोर्नियाको उत्तरी प्रान्त र सनफ्रान्सिस्को दक्षिणी क्षेत्र बढी प्रभावित भएका छन् । गत डिसेम्बरदेखि जारी श्रृंखलाबद्ध हावाहुरी अझ केही दिन जारी रहने मौसम विद्हरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू