अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

इन्डोनेसियामा गयाे शक्तिशाली भूकम्प

बिआरटीनेपाल २०७९ पुष २६ गते ६:४७ मा प्रकाशित

इन्डोनेसियामा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । इन्डोनेसियाको तनिंबर क्षेत्र केन्द्रबिन्दु बनाई पृथ्वीको सतह भन्दा ९७ किलोमिटर गहराईमा गएको भूकम्पको धक्का अष्ट्रेलिया र तिमोरसहित २ हजार किलोमिटर टाढासम्म महसुस गरिएको थियो ।

भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको विवरण आएको छैन । इन्डोनेसियामा गत नोभेम्बरमा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ३ सय १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू