अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 11:45

राजकीय सम्मानका साथ पेलेको अन्त्येष्टी सकियाे

बिआरटीनेपाल २०७९ पुष २० गते ४:४१ मा प्रकाशित

ब्राजिलका फुटबल हस्ती एद्सो अरान्तेस दो नासिमेन्तो (पेले) को मंगलबार राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । अन्त्येष्टी अघि पेलेको पार्थिव शरीरलाई ब्राजिलको सन्तोष एफसी रंगशालामा राखिएको थियो । जहाँ हजारौं मानिसले श्रद्धाञ्ली अर्पण गरेका थिए । २४ घण्टासम्म रंगशालामा राखिएको पेलेप्रति सम्मान ब्यक्त गर्न देश विदेशबाट लाखौं मानिसहरू सहभागी भएका थिए । अन्त्येष्टी समारोहका बेला उनका समर्थक र सर्वसाधारणकाे रुवाबासी चलेको थियो ।

रंगशालाबाट अन्त्येष्टी स्थलसम्म पुर्याउँदा लाखौं सर्वसाधारण बाटोबाटोमा भेला भई गुनगान गरेका थिए । साओ पाउलोको सडकमा शव यात्रापछि विशेष चिहानमा उनको अन्तिम दाह संस्कार गरिएको हो । पेलेको ८२ वर्षको उमेरमा गत साता निधन भएको थियो । पछिल्लो समय मृर्गौला र प्रोस्टेटको समस्याबाट ग्रस्त पेलेको ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । ब्राजिलियन फुटबल महासंघले पेलेलाई सर्वकालिन महान खेलाडी भन्दा धेरै उच्च व्यक्तित्व भन्दै सम्मान प्रकट गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू