अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

आर्मीलाई हराउँदै सङ्कटा क्लब आहा रारा गाेल्ड कपकाे सेमिफाइनलमा

बिआरटीनेपाल २०७९ पुष १८ गते ४:१३ मा प्रकाशित

सङ्कटा फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।  पोखरा रङ्गशालामा आज साेमवार भएको खेलमा विभागीय टाेली त्रिभुवन आर्मी क्लबलाई दुई–एक गोलले हराएर सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सङ्कटालाई जिताउन मेसुके र सुरज ज्यु ठकुरीले एक/एक गोल गरे । त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

मंगलबारको खेल मनाङ मस्याङदी क्बल र भुट्निज क्बलका बिच हुनेछ ।  १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू