अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौ पराजित, पोखरा ५ विकेटले विजयी

बिआरटीनेपाल २०७९ पुष १८ गते ३:४१ मा प्रकाशित

नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विजयी भएको छ । काठमाण्डौ नाइट्सलाई ५ विकेटले हराउँदै पोखराले तेस्रो जित निकालेको हो । कीर्तिपुर मैदानमा काठमाण्डौले जितका लागि दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो।पोखराका लागि सुमित महर्जनले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेले । यस्तै, उपुल थरंगाले पनि अर्धशतक बनाए । उनले ५८ रन जोडे ।  यस्तै, कुशल मल्लले १४ रन जोडे । काठमाण्डौका लागि कमल सिंह ऐरीले ३ तथा अविनाश बोहोरा, अनिल खरेलले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

काठमाण्डौका लागि एलेक्स ब्लेकले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, सुनाम गौतमले ४५, भिरनदीप सिंहले ३२ र रायन ब्रुलले १० रन बनाए । पोखराका लागि तुलबहादुर थापाले २ विकेट लिए भने  प्रतिश जिसी र कुशल मल्लले समान १/१ विकेट लिए।काठमाण्डौले अहिलेसम्म ६ खेलमा तीनमा जित र तीनमा हार बेहोरेको छ । काठमाण्डौ तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको पोखरा भने ८ खेलमा तीनमा विजयी छ । यस्तै, फार वेस्ट युनाइटेड र जनकपुर रोयल्सबीचकाे खेल दिउँसो १ बजे हुनेछ । यो खेल पनि कीर्तिपुर मैदानमै हुनेछ । पाँच खेलमा एकमा मात्र विजयी भएको फार वेस्ट तालिकाको पुछारमा छ भने जनकपुर तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले अहिलेसम्म ६ खेल खेलेकोमा ४ मा जित निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू