अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

नेपाल टी-२० क्रिकेट : विराटनगरमाथि लुम्बिनीको जित

बिआरटीनेपाल २०७९ पुष १७ गते ७:०५ मा प्रकाशित

विराटनगर सुपर किङ्गसलाई १२ रनले हराउँदै लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट प्रतियोगितामा छैटौं जित हात पारको छ । विराटनगरलाई हराउँदै लुम्बिनी जारी प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टिम बनेको हो । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा १२२ रन बनायो । लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अविजित अर्धशतकीय पारी खेले । विराटनगरका लागि विवेक यादव, सुर्य तामाङ र नन्दन यादवले समान २–२ विकेट लिए । लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगरका लागि ओपनर ब्याटर अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए ।

लुम्बिनीका लागि स्याड्ली भान स्कोलवेक, तिलक भण्डारी र ह्यारी टेक्टरले समान २–२ विकेट लिए । योसँगै लुम्बिनी ७ खेलमा ६ जितसहित १२ अंकको साथ अंक तालिकाको शिर्षमा रहेको छ । विराटनगर भने ६ खेलमा २ जित र ४ हार सहित ४ अंक सहित अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

आजै भएको पहिलो खेलमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । काठमाडौले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा अलआउट हुँदै ९० रन मात्र बनाउन सक्यो । लिगमा काठमाडौंको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौंसँग पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो । हारका बाबजुद जनकपुर तालिकाको दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू