अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सको लगातार दोस्रो जित

बिआरटीनेपाल २०७९ पुष १६ गते ४:५९ मा प्रकाशित

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ। शनिबार बिहान भएको प्रतियोगिताको सातौं खेलमा पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गर्दै पोखराले लगातार दोस्रो जित निकालेको हो । यसअघि प्रतियोगिताको छैठौँ खेलमा पोखराले पहिलो जित हात पारेको थियो । टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । पोखरालाई जित दिलाउने क्रममा आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । आसिफ ६२ बलमा ७७ रनमा अविजित रहँदा आरिफले अविजित २६ रन बनाए ।

सुमित मर्हजन १३ रनमा आउट भए । लुम्बिनीका लागि किशोर महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.५ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनाए । सुनिल धमला १५ रनमा आउट हँदा योगेन्द्र सिंह कार्कीले १३ रन बनाए । ह्यारी टेक्टर र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १०/१० रन बनाए । पोखराका लागि विपिन खत्री र जाहिर खानले समान ३÷३ तथा आरिफ शेख,तुल बहादुर थापा र सिद्धान्त लोहनीले समान १/१ विकेट लिए ।

हारका बाबजुत पनि लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । सात खेल खेलेर दोस्रो जित हात पारेर ४ अंक सहित पोखरा अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । आजको दोस्रो खेलमा अहिले विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सबीच खेल भईरहेको छ । प्रतियोगितामा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू