अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

एनपीएल : पोखराले छैटाैँ खेलमा बल्ल खाता खोल्यो, फार वेस्ट पराजित

बिआरटीनेपाल २०७९ पुष १५ गते ५:०१ मा प्रकाशित

नेपाल टी–२० प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले फार वेस्ट युनाइटेडलाई ३ विकेटले हराएको छ ।पोखराले आज छैटाैँ खेलमा खाता खोलेको हो । फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पोखराले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो । उसका लागि आशिफ शेखले ४५, कुशल मल्लले ४० र सुमित महर्जनले ३८ रन बनाए ।

फार वेस्टका प्रकाश जोशी, उमर अलि र करण केसीले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टका लागि उमर अलीले ४२, देव खनालले ३३ र रशिद खानले ३२ रन बनाएका थिए । पोखरा २ अंकसहित पाँचाैँ स्थानमा छ भने २ अङ्क नै रहेको फार वेस्ट पुछारमा रहेको छ । प्रतियोगितामा लुम्बिनी, जनकपुर, काठमाण्डौ, विराटनगर, फार वेस्ट र पोखरा गरी ६ टोलीको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू