अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

घट्यो सुनचाँदीको मूल्य

बिआरटीनेपाल २०७९ पुष १४ गते ४:०१ मा प्रकाशित

साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख एक हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २ सय रूपैयाँले घटेर एक लाख ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य बिहीबार २० रूपैयाँले घटेर १ हजार ३८० सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू