अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

शेयर बजार ५६ अङ्कले बढेर २ हजार विन्दुभन्दा माथि, २ अर्ब ८६ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ पुष १४ गते ३:२० मा प्रकाशित

हिजो बुधवार ११ अङ्कले घटेको शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अङ्कले बढेर दुई हजार २९ दशमलव शून्य तीन विन्दुमा पुगेको छ । गएको भदौपछि पहिलो पटक नेप्से दुई हजारको विन्दुमा पुगेको हो । आज विकास बैंक, बीमा, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय ५७ वटा कम्पनीका ८० लाख २४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड तीन लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १२ करोड तथा नेपाल दूरसञ्चार कम्पनी र रिडी हाइड्रोको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, अजोड इन्सुरेन्स, प्रभु इन्सुरेन्स, श्वेत गंगा हाइड्रो, सृजनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजारमा हरियाली भए पनि आज नेष्डो समृद्ध लघुवित्तको शेयर एक प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू