अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२१ | Colorodo: 15:36

स्पेनी क्लब कासेरेन्योले गण्डकी–११ लाई ३–० ले हरायाे

बिआरटीनेपाल २०७९ पुष १३ गते ७:२४ मा प्रकाशित

गण्डकी ११ स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो एफसीसँगकाे मैत्रीपूर्ण फुटबलमा पराजित भएकाे छ । पोखरा रङ्गशालामा आज बुधवार भएकाे खेलमा स्पेनी क्लब कासेरेन्यो एफसीले गण्डकी-११ लाई तीन–शून्य गाेलले हरायाे । उसका लागि कारमेलो, बेरमु र माइकल कारलेरोले एक/एक गोल गरे ।

गण्डकी–११ को टिमकाे कप्तानी अनिल गुरुङले गरेका थिए । याे खेलमा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ पनि दाेस्राे हाफमा मैदान प्रवेश गर्नुभएकाे थियाे ।

स्पेनी टोलीले भाेलि बिहीवार काठमाण्डाै-११ सँग काठमाण्डाैकाे दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ । काठमाण्डाै–११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले गर्नेछन् । लुम्बिनी गार्डेन फाउन्डेशनकाे आयोजनामा स्पेनी टाेली दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू