अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

नेपाल टी–२० लिगमा विराटनगरको पहिलो जित, पोखराको लगातार चौथौ हार

बिआरटीनेपाल २०७९ पुष १३ गते ७:१७ मा प्रकाशित

नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज बुधवार भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई छ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको एक सय ४० रनको लक्ष्य विराटनगरले १७ ओभर ५ बलमा चार विकेट गुमाएर भेटायो । विराटनगरका लागि हुसैन तलातले नटआउट ५० रन र अर्जुन साउदले २५ रन बनाए । बलिङतर्फ पोखराका कुशल मल्ल र शरद भेषवाकरले दुई÷दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १९ ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनायो । पोखराका लागि कुशल मल्लले १८ बलमा ३७ रन र सिद्धान्त लोहनीले २६ रन बनाए । बलिङतर्फ पोखराका हुसैन तलाल र राज ननानले दुई-दुई विकेट लिए । आजको जितसँगै विराटनगर दुई अङ्कसहित तालिकाको चौथो स्थानमा पुगेको छ । लगातार चार खेल हारेको पोखरा तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू