अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी

बिआरटीनेपाल २०७९ पुष १३ गते ७:१६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् ।मंगलबार राति भएका खेलमा चेल्सीले एएफसी बर्नेमाउथलाई र म्यानचेस्टर युनाईटेडले नटिङघम फरेस्टलाई पराजित गरेका हुन् ।लण्डन क्लब चेल्सीले आफ्नै मैदानमा भएको खेलमा बर्नमाउथलाई २–० ले पराजित गरेको हो ।
चेल्सीको लागि काइ हार्भट्ज र मेसन माउन्टले एक एक गोल गरे ।खेलको १६ औं मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि २४ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।अर्को खेलमा युनाइटडले फरेष्टलाई ३–० ले हराएको हो ।

आफ्नै मैदानमा युनाइटेडलाई सहज जित दिलाउन मार्कस रास्फोर्ड, एन्टोनी मार्सियलले र फ्रेडले एक एक गोल गरे ।खेलको १९ औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई २(० ले अघि बढाए ।त्यसपछि ८७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ३–० को जित दिलाए ।

यी खेलपछि चेल्सी र युनाइटेडले प्रिमियर लिगको शिर्ष चारमा उक्लिने सम्भावना बलियो पारेका छन् । १५ खेलबाट २९ अंक जोडेको युनाइटेड तालिकाको पाँचौ स्थानमा छ भने २४ अंक जोडेको चेल्सी आठौं स्थानमा छ । शिर्ष स्थानको आर्सनलको ४० अंक रहँदा एक खेल बढी खेलेको न्युकासल युनाइटेड ३३ अंकसहित दोस्रो स्थानमा छ । ३२ अंकसहित तेस्रो स्थानमा म्यान्चेस्टर सिटी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू