अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

लगातार २ दिन बढेको शेयर बजार आज झन्डै १२ अङ्कले घट्यो

बिआरटीनेपाल २०७९ पुष १३ गते ७:०३ मा प्रकाशित

लगातार दुई दिन बढेको शेयर बजार आज (बुधवार) भने घटेको छ । अस्ति (सोमवार) ५६ र हिजो (मङ्गलवार) ५९ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव १५ विन्दुमा झरेको छ ।आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

शेयर बजारसँगै आज कारोबार रकम पनि घटेको छ । दुई सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब १५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको आठ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज माहुली लघुवित्त वित्तीय संस्थाको शेयर सबैभन्दा धेरै पाँच दशमलव २० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्सुरेन्स, धौलागरिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू