अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

साफ यू–२० महिला च्याम्पियनसिपको लागि महिला राष्ट्रिय टिमकाे छनाेट

बिआरटीनेपाल २०७९ पुष १२ गते ५:२१ मा प्रकाशित

बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपको लागि महिला राष्ट्रिय टिमको प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले आज पहिलो चरणमा ४१ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका प्रिती राई, दिपा शाही र अमिशा कार्की पनि समावेश छन् ।

उनीहरुले गत चैतमा भारतमा भएको साफ यू–१८ महिला च्याम्पियनसिप पनि खेलेका थिए । गत कात्तिकमा बंगलादेशमै भएको साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको टिममा रहेका फरवार्डद्वय वर्षा ओली र सेनु परियारसँगै गोलकिपर सुजाता तामाङ र मिडफिल्डर सुशीला केसी पनि प्रारम्भिक टिममा समावेश भएका छन् । साफ यू–२० च्याम्पियनसिप फेब्रुअरी ३ देखि ९ सम्म ढाकामा हुनेछ । च्याम्पियनसिपमा नेपाल आयोजक बंगलादेशसहित भारत र भुटान गरी चार टिमको सहभागिता हुनेछ ।

नेपालले पहिलो खेल फेबु्रअरी ३ मा बंगलादेशसँग खेल्नेछ भने फेबु्रअरी ५ मा भुटानसँग र फेब्रुअरी  ७ मा भारतसँग लिग खेल्नेछ । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू