अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता

बिआरटीनेपाल २०७९ पुष ६ गते ४:३३ मा प्रकाशित

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज शिष्टाचार भेटवार्ता भएको छ। राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको प्रवक्ता माेहन श्रेष्ठले बताउनु भयाे ।

भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा विजयी हुनुभएकोमा र हालैको निर्वाचनमा राप्रपालाई प्राप्त उपलब्धिलाई लिए बधाई दिनुभएको छ।

साथै, भेटवार्ताका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राप्रपा प्रवक्ता श्रेष्ठकाे पनि सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू