अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड अस्पतालमा

बिआरटीनेपाल २०७९ पुष ६ गते ३:४५ मा प्रकाशित

त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट्नुभएकाे छ ।

आज बुधवार दिउँसाे देउवा र प्रचण्डले उपचाररत नेपाललाई भेट्नुभएकाे हाे । उहाँहरूले नेपालकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिँदै स्वास्थ्य लाभकाे कामना गर्नुभएकाे देउवाका प्रेस प्रमुख गाेविन्द परियारले जानकारी दिनुभयाे ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई रुघा खोकी, ज्वरो र छातीमा सङ्क्रमण देखिएपछि हिजाे मङ्गलवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू