अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४८ | Colorodo: 02:03

गठबन्धनले चुनाव जितेकाले अबको प्रधानमन्त्री दुई वर्षका लागि हुन्छन् : विश्वप्रकाश शर्मा

बिआरटीनेपाल २०७९ पुष २ गते ६:०१ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा कांग्रेस एक्लैले नभएर गठबन्धन मिलेर विजयी भएको भएको बताउनुभएको छ । उहाँले अब बन्ने प्रधानमन्त्री दुई वर्षका लागि बन्ने धारणा राख्नुभयो । सरकार बनाउने नाममा गठबन्धनलाई भत्किन दिन नहुने शर्माको भनाइ छ । उहाँले संविधानको रक्षा र पालना गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने पनि बताउनुभयो ।

कांग्रेस झापा १–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले अहिलेको राष्ट्रपतिले पटकपटक संविधान कुल्चने र उल्लंघन गर्ने काम गरेको आरोप लगाउँदै अबको राष्ट्रपति चयनमा दलहरु गम्भीर हुनुपर्ने र संविधानको रक्षा र पालना गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताउनुभयो ।

शर्माले राष्ट्रपति भवनमा व्यक्ति नभएर प्रवृत्ति लिएर जाने उल्लेख गर्नुभयो । पहिलो राष्ट्रपति मधेसी समुदाय र दोस्रो राष्ट्रपति महिला बनेको भन्दै अब फरक समुदायको राष्ट्रपति हुनुपर्ने उहाँको भनाइ छ । महामन्त्री शर्माले अहिले मुलुकका देखिएका सबै समस्याहरुलाई गठबन्धन दलहरु मिलेर नै समाधान गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू