अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

संसदीय दलको नेता चयन नभई प्रधानमन्त्री बन्ने अवस्था आउन सक्छ : मन्त्रीकार्की

बिआरटीनेपाल २०७९ पुष २ गते ५:५३ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएको छ । शनिबार बालुवाटारमा नेपाली कांग्रेसबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै उहाँले गठबन्धनलाई जनताले अनुमोदन गरेको जिकिर गर्नुभयो ।

नेता कार्कीले संसदीय दलको नेता चुन्ने प्रक्रिया छिट्टै सुरु हुने पनि बताउनुभयो । मन्त्री कार्कीले संसदीय दलको नेता चयन नभई नयाँ प्रधानमन्त्री बन्ने अवस्था पनि आउन सक्ने बताउनुभयो । “संसदीय दलको नेता चयन नभई प्रधानमन्त्री बन्न सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न,” उहाँले भन्नुभयो । कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सबै निर्वाचित सांसदलाई प्रभावकारी भूमिका निभाउन आग्रह गरेको उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू