अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

जरिवाना मिनाहाका लागि निर्वाचन आयोगमा मेयर शाहको निवेदन

बिआरटीनेपाल २०७९ मंसिर २८ गते ५:१६ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूलाई तोकिएको जरिवाना मिनाहा गरिदिन भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।निर्वाचन खर्च विवरण निर्धारित समयमै नबुझाएपछि आयोगले उहाँलाई साढे ७ लाख जरिवाना तोकेको थियो । ६ महिनाभित्र जरिवाना नबुझाएमा निर्वाचित पदाधिकारीको पद निस्क्रिय हुने कानुनी व्यवस्था रहेकोले बालेन्द्रले जरिवाना मिनाहाको लागि निवेदन दिनुभएको हो ।

निर्वाचन कानुनमा भने जरिवाना मिनाहा गर्ने पुनर्मूल्यांकन गर्ने कानुनी व्यवस्था छैन । मेयर शाहले आफू निर्वाचित भएलगत्तै फेसबुकमा आफूले खर्च विवरण फेसबुकमा सार्वजनिक गरेको र निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनमा लागेकाले बुझाउन नपाएको निवेदनमा उल्लेख गरेको आयोग स्रोतले जनाएको छ । आयोगको कानुन शाखाले उनको निवेदनमाथि थप कारबाहीका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू