अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्धको उजुरी खारेज

बिआरटीनेपाल २०७९ मंसिर १७ गते ४:३३ मा प्रकाशित

चलचित्र ‘प्रेम गीत ३’ का निर्माता एवं निर्देशक सन्तोष सेनविरुद्ध परेको ठगीको उजुरी खारेज भएको छ । सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा झन्डै ५ करोड ठगीको उजुरी दिएका थिए । उनले सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउँदै मंसिर ११ गते उजुरी दिएका थिए ।

शुक्रबार चलचित्र निर्माता संघले बोलाएको छलफलमा राई उपस्थित नभएपछि उजुरी खारेज भएको हो । राईले सेनबाट रकम फिर्ताको माग गर्दै निवेदनको साथमा बुझाएको कागजातको सक्कल प्रति पेश गर्न नसकेको र छलफलका लागि बोलाउँदा उपस्थित नभएको साथै निवेदन पुष्टि हुने कुनै पनि आधार नदेखिएको भन्दै निर्माता संघले राईले दिएको निवेदन खारेज गरेको हो ।

फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका थिए ।

प्रतिक्रिया