अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 11:51

‘गुञ्जन’ को पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक

बिआरटीनेपाल २०७९ मंसिर १६ गते १९:३६ मा प्रकाशित
काठमाडौँ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रविसा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा कर्णराज कार्कीले सङ्गीत दिएका छन् ।
रोमान्टिक थिममा तयार गीतमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीको रोमान्स देख्न सकिन्छ । निकै आकर्षक शैलीमा निर्माण भएको गीत दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटको रहेको छ ।
अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा को निर्देशित फिल्म सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कबिर खड्का, रोहण शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, आमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मको केही अगाडि सेन्रि चलचित्र सेन्सर पास समेत भइसकेको छ । ‘गुञ्जन’ लाई चलचित्र सेन्सर बोर्डले सबैले हेर्ने मिल्ने ‘युनिभर्सल प्रमाण पत्र’ दिएको छ ।
विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्म काठमाडौँ, पोखरा, जोमसोममा र दुबईमा छायाङ्कन भएको हो । फिल्ममा  कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाङ्कन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको सङ्गीत छ । फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको आकर्षक आइटम डान्स समेत राखिएको छ । फिल्मका वितरक काठमाडौँमा जीजीए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनी रहेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू