अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

फिवनाको मेरिल्यान्ड शाखा तदर्थ समिति गठन

बिआरटीनेपाल २०७९ मंसिर १६ गते १९:२९ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महिला महासङ्घ अमेरिका (फिवना)को मेरिल्यान्ड शाखा तदर्थ समिति गठन भएको छ । कुस्मा सुर्यबंसीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन भएको हो । संस्थाले स्थापनाकाल अर्थात् २०११ सालदेखि नै संस्थाको शाखा अमेरिकाको विभिन्न राज्यमा गठन गर्ने सङ्कल्प राखेको थियो ।

विभिन्न परिस्थितिका बाबजुद अहिलेसम्म उक्त सङ्कल्पलाई मूर्तरूप दिन नसकेको (फिवना) ले तदर्थ समिति गठन गरेको हो । स्थापनाको करिब ११ वर्ष पछि मेरिल्यान्ड समिति गठन गरेको संस्थाले एउटा फड्को मारेको छ ।

समिति गठन भएपछि संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङ सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ ।
नेपाल आदिवासी जनजाति महिला महासङ्घ अमेरिका (फिवना) ले स्थापनाकाल अर्थात् २०११ सालदेखि नै यस संस्थाको शाखा अमेरिकाको विभिन्न राज्यमा गठन गर्ने सङ्कल्प गरेको थियो । विविध परिस्थितिका बाबजुद हाम्रो चाहाना हुँदाहुँदै पनि अहिलेसम्म उक्त सङ्कल्पलाई मूर्तरूप दिन सकेका थिएनौ । आज करिब ११ वर्षको अवधिपछि यो सङ्कल्पले एउटा फड्को मारेको छ यानेकि आज हामी पहिलो पल्ट फिवनाको मेरिल्यान्ड शाखाको लागि कुस्मा सुर्यबंसीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गर्न सफल भएका छौ ।

यस सफलताको लागि हाम्रो प्रस्तावलाई स्विकारेर आफ्नो व्यस्त समयको बाबजुद पनि हामीसँग भेटघाट गर्ने समय मिलाएर संस्थाको शाखा गठनमा उत्साहित सम्पूर्ण बाल्टीमोरबासी दिदीबहिनीहरू, न्यु योर्क र मेरिल्याणडबिचमा पुलको काम गर्ने यस संस्थाकी संस्थापक अध्यक्ष तथा सल्लाहकार आदरणीय दिदी सङ्गिनी मगर, आफ्नो व्यस्त समयलाई हाम्रो सत्कारका लागि खटिनु भएकी प्यारी बहिनी कमला लिम्बु , समय अभावका कारण पनि अनलाइनमा जोडिनु भई संस्थामा आबद्ध हुने प्रतिबद्धता जनाउने नाना देवीका राई लगायत न्यूयोर्कबाट आफ्ना अमूल्य समय दिएर यो यात्रामा लाग्नुहुने यस संस्थाकी सदस्य तथा पूर्व माननीय सभासद् आदरणीय दिदी शान्ति जिरेल साथै मेरो अनन्य मित्र र संस्थाकै सक्रिय सदस्य मच्छे गुरुङ प्रति हार्दिक आभार तथा असिमति धन्यवाद व्यक्त गर्न चाहन्छु।

अन्तमा हामीलाई मिठो मिठो परिकार बनाएर सत्कार गर्नुहुने आदरणीय भेना प्जग च्बलब प्रति हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्न चाहन्छु । यो संस्था एउटा संगठनमात्र नभएर हाम्रो एउटा घर हो जहां हामी सबैजना दुःख सुख साट्दै रमाउँछौ अनि साथसाथमा हिँड्ने प्रतिबद्धता गर्छौ । आत्मविश्वास, अपनत्व र पारिवारिक भावनाको विकास गरेर हामीबिचको सुमधुर सम्बन्ध कायम गर्दै एक अर्कालाई हरेक परिस्थितिमा सहयोग गर्ने यो संस्थाको पृथक् संस्कारबाट हामीसबैजना लाभान्वित हुनेछौ भन्ने विश्वासका साथ सम्पूर्ण नव आगन्तुक सदस्यहरूलाई यस संस्थामा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षबिभोर भएकी छु ।

विश्वास छ अवश्य एक दिन हामीले देखेको सपना हामी पुरा गर्नेछौ र सपना देख्न कुनै शक्तिलेपनि हामीलाई रोक्ने छैन । फेरि पनि सबै जनालाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया