अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२० | Colorodo: 14:35

कालिकोटबाट माओवादीका महेन्द्र शाही विजयी

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ५:२९ मा प्रकाशित

कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केनद्रका महेन्द्रबहादुर शाही विजयी हुनु भएको छ ।

एक मात्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको कालिकोटमा सत्ता गठबनधनका तर्फबाट उम्मेदवार बन्नु भएका शाहीले नेकपा एमालेका उम्मेदवार नगिन्द्र शाहीलाई पराजित गर्नुभएको हो । महेन्द्रले २४ हजार ४७४ मत ल्याएर विजय प्राप्त गर्दा एमालेका नगिन्द्रलाई १६ हजार ४१० मत आएको छ ।

महेन्द्रले नगिन्द्रलाई ८ हजार ६४ मतान्तरले पराजित गर्नुभएको हो ।शाही कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू