अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२४ | Colorodo: 13:39

पाल्पा २ बाट ठाकुर गैरे प्रतिनिधि सभामा प्रवेश

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ४:४१ मा प्रकाशित

पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ ।

गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । गैरेले २७ हजार ८१७ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नु भएका समाजवनदीका सोम प्रसाद पाण्डेले २३ हजार ८५१ मत आएको थियो ।

उहाँले पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्नुभएको हो । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे ५ हजार १८० मत ल्याएर तेस्रो बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू