अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

पहिलाे एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई ६ विकेटले हरायाे

बिआरटीनेपाल २०७९ मंसिर १ गते ५:३३ मा प्रकाशित

इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया छ विकेटले विजयी भएकाे छ ।एडिलेडमा इङ्ग्ल्यान्डले दिएको दुई सय ८८ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । उसका लागि डेभिड वार्नरले ८६, स्टेभिन स्मिथले नटआउट ८० र ट्रेभिस हेडले ६९ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका डेभिड विलीले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ८७ रन बनायाे । उसका लागि डेभिड मलानले एक सय ३४ रन बनाए । यस्तै डेभिड विलीले ३४ र जस बटलरले २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पा र प्याट कमिन्सले तीन/तीन विकेट लिए । यी दुई देशबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । दाेस्राे खेल आउँदाे शनिवार र तेस्राे खेल आउँदाे मङ्गलवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू