अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

यूएईसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

बिआरटीनेपाल २०७९ मंसिर १ गते ५:२८ मा प्रकाशित

कतार फिफा विश्वकप अघि भएकाे मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार राति सम्पन्न भएकाे खेलमा अर्जेन्टिनाले यूएईविरुद्ध ५–० को जित हात पारेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरेका हुन् । त्यस्तै, जुलियन अल्भारेज , लियोनल मेस्सी र जोआकिन कोर्रेयाले १-१ गोल गरेका थिए।

यूएईविरुद्ध अर्जेन्टिनाले पहिलो हाफकै ४ गोल गरेकाे थियाे । अर्जेन्टिनाले दोस्रो हाफमा थप १ गोल गरेकाे हाे । कतार विश्वकप यहि २० नोभेम्बरबाट सुरु हुने भएकाे छ । समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरेबियाविरुद्ध खेल्ने भएकाे छ । समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेबियाका, मेक्सिको र पोल्याण्ड पनि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू