अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

शेयर बजार साढे २५ अङ्कले बढ्यो, १ अर्ब ७१ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ मंसिर १ गते ५:०२ मा प्रकाशित

शेयरबजार आज बिहीवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो बुधवार १३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ५७ अङ्कले बढेर एक हजार नाै सय ३६ दशमलव ८३ विन्दुमा पुगेको छ ।सबै समूहको शेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेसँगै कारोबार रकम पनि निकै बढेको छ ।

आज दुई सय २३ वटा कम्पनीका ४३ लाख ८४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावरको १४ करोड ३९ लाख र शिवम् सिमेन्टको १३ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सिकलेस हाइड्रो र सयपत्री हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि फरवार्ड माइक्रोफाइनान्सको शेयर सबैभन्दा धेरै तीन प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू