अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

”देशको मुहार फेर्न गठबन्धन बनेको हो” -प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७९ कार्तिक ३० गते ५:०२ मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको मुहार फेर्न गठबन्धन बनेको बताउनुभएको छ । गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले १५-२० वर्ष गठबन्धन कायम राख्दै देशको मुहार फेर्ने योजना रहेको बताउनुभयो ।

“१५–२० वर्षसम्म गठबन्धनलाई यथावत राख्दै सरकार चलाएर देशको मुहार फेर्ने योजना रहेको हो,” देउवाले भन्नुभयो, “देशको मुहार फेरेरै छाड्ने हो । ढुक्क भए हुन्छ ।”

संसदमा सरकारको विरोध गर्ने बित्तिकै केपी शर्मा ओलीले संसद नै भंग गरिदिएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यस्तो अधिकार कसैलाई पनि नभएको बताउनुभयो । “अहिलेको संविधानमा संसद भंग गर्ने अधिकार कसैलाई छैन । हामी त्यस्तो गर्दा पनि गर्दैनौँ,” उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू