अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

पाकिस्तानविरुद्ध उच्च मनोबलका साथ खेल्छौं : कप्तान रोहित चन्द

बिआरटीनेपाल २०७९ कार्तिक २९ गते ५:३१ मा प्रकाशित

नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताउनुभएको छ । मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताउनुभयो। फिफाको प्रतिवन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बंगलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र सोही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताउनुभयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रोहित आपूmले कप्तानी पाउँदा खुशी लागेको तर नेपालको लागि खेल्न पाउनु नै आफ्नो लागि ठूलो कुरा रहेको समेत उहाको भनाई छ ।

नेपाललाई पाकिस्तानले मैत्रिपूर्ण खेलका लागि प्रस्ताव गरेको हो । नेपालले स्वीकार गरेपछि पाकिस्तान एक मैत्रीपूर्ण खेलको लागि आइतबार नेपाल आएको थियो । नेपाल र पाकिस्तानबीच ८ वर्षपछि प्रतिष्पर्धा हुन लागेको हो । आन्तरिक द्वन्द र बाह्यशक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिबन्ध गरेको थियो । सोही टोली पाकिस्तानबिरुद्ध नेपाल मैदान उत्रिँदा कार्यवाहक प्रशिक्षकमा प्रवेश कटुवालले पाकिस्तानी टोलीविरुद्ध आफ्नो टोली घरेलु मैदानमा सुखद् नतिजाका लागि खेल्ने बताउनुभयो । यस्तै नेपाल भ्रमण रहेको पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालबिरुद्ध राम्रो इतिहास भएको र सोही इतिहासलाई दोहोर्याउनका लागि खेल्ने बताउनुभयो ।

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिष्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू